१० मंसिर २०८३, बिहिबार

बैतडीकाे पुर्चाैडी ४ मा नेकपा विजयी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १५ मंसिर । बैतडी जिल्लाकाे पुर्चाैडी नगरपालिका ४ मा नेकपा विजयी भएको छ ।

नेकपा उम्मेदवार शैलेन्द्र धानुक प्रतिष्पर्धीभन्दा १०५ मत बढी ल्याएर विजयी भएका हुन् ।

निर्वाचनमा कुल खसेको १ हजार ३३० मतमध्ये धानुकले ६६३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोबिन्द बहादुर धामीले ५५८ मत प्राप्त गरेका छन् ।

पुर्चौडी ४ मा यसअघि पनि तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए । यसअघि चुनाव जितेका गौतम भट्टको मोटरसाइकल दुर्घटनामा ज्यान गएपछि उपचुनाव भएको हो ।