डोटी, १५ मंसिर । डाेटी जिल्लाकाे आदर्श गाउँपालिका– २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् ।
बोहराले कुल ६८६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गरेका छन् ।
राप्रपाका उम्मेदवार काशीराम ओझाले १५ तथा स्वतन्त्र उम्मेदवार भूमिसिंह खडकाले १९१ मत प्राप्त गरेका छन् ।
कुल १५९० मत खसेकोमा ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो वडामा यसअघि पनि नेकपाले नै जितेको थियो । तत्कालीन वडाध्यक्ष प्रेम बोहराको जीप दुर्घटनामा ज्यान गएपछि उपचुनाव भएको हो ।











प्रतिक्रिया