
काठमाडौँ, १४ मंसिर । रामजानकी विवाह महोत्सवका लागि जनकपुरधाममा खटिएका एक प्रहरी निरीक्षक ९० हजार रुपैयाा घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लामा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साहलाई विवाह पञ्चमी महोत्सवमा सुरक्षाका लागि खटिएका बेला शुक्रबार दिउासो घुससहित पक्राउ गरेको हो ।
जनकपुरधामको रामानन्दमा रहेको होटल सीता प्यालेसबाट साहलाई घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।
ठगी मुद्दा मिलाइदिने शर्तमा ९० हजार रुपैयाा घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले साहलाई पक्राउ गरेको बताइएको छ ।











प्रतिक्रिया