१० मंसिर २०८३, बिहिबार

चिनिँया कम्युनिष्ट पार्टीको निमन्त्रणामा ‘प्रचण्ड’ चीन भ्रमणमा जाँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ चिनिँया कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन जाने भएका छन् । अध्यक्ष दाहाल ६० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् । नेकपाको टोली आगामी २४ गते चीन जानेछ।

चिनियाा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलमा भ्रमण आदानप्रदान गर्ने सहमतिअनुसार नेकपाको टोली चीन जान लागेको नेताहरूले बताएका छन्।

दुई महिनाअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले काठमाडौंमा सी विचारधाराबारे छलफल गरेका थिए। त्यस क्रममा दुई कम्युनिस्ट पार्टीबीच भाइचाराको सम्बन्ध स्थापना गर्ने सहमति भएको थियो।

१० दिने भ्रमण टोलीको समन्वय नेकपा स्कुल विभागले गरिरहेको छ । अध्यक्ष दहाल तीन दिन चीन भ्रमण गरेर फर्कने बताइएको छ ।