आइतबार, १५ मंसिर २०७६
DainikNepal.com
आइतबार, १५ मंसिर २०७६

उपनिर्वाचनमा मतदान शुरू, कास्कीमा बम बिस्फाेट

दैनिक नेपाल २०७६ मंसिर १४ गते ८:०९

काठमाडौं, मंसिर । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह उपनिर्वाचनअन्तर्गत रिक्त स्थानमा मतदान शुरू भएको छ ।

प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका ४८ (प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्ष) सिटका लागि मतदान मतदान शुरू भएको हो ।

कास्कीको निर्वाचन क्षेत्र नम्बर दुईमा मतदान सुरु भएको छ। प्रतिनिधि सभाका लागि भैरहेको निर्वाचनमा नेकपाबाट उम्मेद्वार बनेकी विद्या भट्टराइले बिहानै मतदान गरेकी छन् । साझा पार्टीको तर्फबाट उम्मेद्वार बनेकी रजनि केसीले पनि मतदान गरेकी छन् ।

कास्कीकै सरस्वती टीका मावि भरतपोखरी मतदान स्थलभन्दा २ सय मिटर तल बम बिस्फोट भएको छ। बिस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको । सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीकाे भनाइ छ ।

एक मात्रै मतदान केन्द्र रहेको काभ्रेमा पनि मतदान सुरु भएको छ । धुलिखेल वडा नम्बर २ मा वडाध्यक्ष पदका लागि मतदान सुरु भएको हो । सेतीदेवी मावीमा रहेको मतदान केन्द्रमा १ हजार ८ सय ७७ मतदाता रहेका छन्। वडाध्यक्ष पदका लागि ४ जना उम्मेदवार प्रतिस्प्रधामा छन् ।

यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर ३(ख)मा पनि मतदान सुरु भएको छ। बिहानै देखि मतदाताहरु मतदानका लागि लाइनमा लागेका छन्। प्रदेश सभा उप निर्वाचनका लागि यो क्षेत्रमा १४ जना उम्मेद्वार चुनावी मैदानमा छन्। यो क्षेत्रमा ६८ हजार ७ सय १९ मतदाता छन्।

डोटीको आदर्श गाउँपालिका–२ मतदान शुरू भएको छ । वडाका तीनवटै मतदान केन्द्रमा मतदान शुरू भइसकेको मुख्य निर्विचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसाँ शारदा माध्यामिक विद्यालय मौवा नगरदह, नमादेव आधारभूत विद्यालय साउँदकाँडा र कालभैरव आधारभूत विद्यालय कोटाञ्जरमा मतदान केन्द्र छन यहाँ वडाध्यक्ष पदका लागि निर्वाचन हुदैछ।

जसमा चारजनाबीचमा प्रतिस्पर्धा भइरहेको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का रामबहादुर बोहरा, नेपाली काङ्ग्रेसका तर्फबाट महादेव साउँद, राप्रपाका कासिराम ओझा र स्वतन्त्र उम्मेदवार भूमिसिँह खड्काका बीचमा प्रतिस्पर्धा भइरहेको छ ।

यसअघि तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष प्रेम बोहराको सडक दुर्घटनामा मृत्यू भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन भईरहेको छ। यहाँ महिला एक हजार चार सय १६ र पुरूष एक हजार ४३ गरी दुई हजार चार सय ५९ जना मतदाता छन।

खोटाङको साकेला गाउँपालिका-३ खिदिमामा पनि मा मतदान सुरु भएकाे छ । त्यहाँ वडाध्यझका लागि चुनाव भैरहेकाे छ। उपनिर्वाचनमा ३७ जिल्लाका चार लाख ५४ हजार एक सय १४ मतदाता छन्। मतदान बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ।

प्रतिक्रिया
सम्बन्धित