शनिबार, १४ मंसिर २०७६
DainikNepal.com
शनिबार, १४ मंसिर २०७६

मलेसियामा खोटाङका युवाको मृत्यु

दैनिक नेपाल २०७६ मंसिर १४ गते ७:३८

खोटाङ, १४ मंसिर । मलेसियामा खोटाङका एक युवाको मृत्यु भएको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका २८ वर्षीय टंकबहादुर सार्की सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

मलेसियाको क्वालालम्पुरमा रहेको एमयूएजेड फोर्स एसडिएन विएचडि कम्पनीमा कार्यरत सार्की बुधबार सुतेकै ठाउँमा मृत फेला परेको जानकारी आएको स्थानीय बाजिन्द्र विष्टले बताए ।

वैदेशिक रोजगारीका सिलसिलामा चार महिनाअघि मात्र मलेसिया गएका सार्कीको मृत्युको कारण भने खुलेको छैन। सार्कीको मृत्यु भएपछि श्रीमती र पाँच जना नाबालक छोराछोरी विचल्लीमा परेका छन् ।

उनको शव नेपाल ल्याउने तयारी भइरहेको कांग्रेस नेता रहेका बिष्टले बताए ।

प्रतिक्रिया
सम्बन्धित