शनिबार, १४ मंसिर २०७६
DainikNepal.com
शनिबार, १४ मंसिर २०७६

एमालेबाट निर्वाचित चैनपुर नगरपालिका २ का वडाध्यक्षको निधन

दैनिक नेपाल २०७६ मंसिर १४ गते ७:०७

संखुवासभा, १४ मंसिर । संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर –२ का वडाध्यक्षको निधन भएको छ । चैनपुर वडा नम्बर २ का वडाध्यक्ष काजी शेर्पाको निधन भएको नगर प्रमुख भरत खत्रीले जानकारी दिए ।

वडा अध्यक्ष शेर्पाको विहीबार राति १२ बजे उनकै निवास मृत्यु निधन भएको नगर प्रमुख खत्रीले बताए । वडाध्यक्ष शेर्पा क्यान्सर रोग पीडित थिए । उनको जन्म २०२५ साल फागुन १३ गते मयूम भन्ने गाउँमा भएको थियो ।

वडाध्यक्ष शेर्पा शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष भएका थिए । उनी त्कालीन एमालेबाट विजयी भएका हुन् । उनीको शुक्रबार दिउँसो अन्त्यष्टि गरिएको छ । उनका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया
सम्बन्धित