शुक्रबार, १३ मंसिर २०७६
DainikNepal.com
शुक्रबार, १३ मंसिर २०७६

मोटरसाइकल ‘ओभरटेक’ गरेको भन्दै युवकको कुटपिट गरी हत्या

दैनिक नेपाल २०७६ मंसिर १३ गते १०:४३

काठमाडौं, १३ मंसिर ।  मोटरसाइकललाई ‘ओभरटेक’ गरेको भन्दै कञ्चनपुरका एक युवाको कुटपिट गरी हत्या गरिएको छ । महाकाली नगरपालिका–३ का २२ वर्षीय दीपक पन्तको कुटपिट गरी हत्या भएको हो ।

महेन्द्रनगरबाट दोधारा चाँदनी जाने क्रममा मोटरसाइकल ‘ओभरटेक’ गरेको भन्दै भीमदत्त नगरपालिका–१८ मा चार जनाको समूहले पन्तमाथि चक्कु र हेलमेट प्रहार गरी हत्या गरेका हुन् ।

पन्तको हत्याको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहारलाई पक्राउ गरेको छ ।

बिहीबार घरबाट बुवा विशन पन्तलाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजार आएका दिपकलाई घर फर्किने क्रममा मोटरसाइकल रोकेर चार जनाको समूहले कुटपिट गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित