४ कार्तिक २०८३, बुधबार

‘साङ्लो’को पहिलो गीत रिलिज

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेकाे फिल्म ‘साङ्लो’को पहिलो गीत रिलिज भएको छ ।

लोकलयमा आधारित गीतमा विराजसँगै अभिनेत्री निकिता चाण्डकसँग देखिएका छन् । निकिता सन् २०१७ की मिस नेपालकी ताज विजेता हुन् ।

सार्वजनीक गीतलाई राजनराज सिवाकोटीले तयार पारेका हुन्। गीतमा शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ। उनलाई महिला स्वरमा मिलन नेवारले साथ दिएकी छन्।

कविराज गहतराज गीतका कोरियोग्राफर हुन्। एक्सन-लभस्टोरी जनरामा राखिएको सिनेमा माघ २४ गते रिलिज हुनेछ।

सिनेमामा विराज तथा निकिताको साथमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भीष्म जोशीलगायतका अभिनय छ ।

विराज भट्ट प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ ।