शुक्रबार, १३ मंसिर २०७६
DainikNepal.com
शुक्रबार, १३ मंसिर २०७६

यी भीआईपीका आफ्नै पीडा

दैनिक नेपाल २०७६ मंसिर १२ गते ९:३२

काठमाडौं, १२ मंसिर । नयाँदिल्लीमा रहेका बेला घटुवाको कारबाहीमा परेका उपेन्द्र यादवले केपी ओलीले अन्याय गरेको भनेर कुरा काट्न थालेका छन् ।

ओलीले सबै ठाउँमा धोका दिएको यादवको बुझाइ छ । राम्रो जनसम्पर्क हुने स्वास्थ्य मन्त्रालय गुमाएका यादव कानून मन्त्रालयमा थन्किएका छन् । सत्तारुढ नेकपाका नेताहरूको दवावमा ओलीले यादवसँग स्वास्थ्य मन्त्रालय खोसेर आफू निकटका भानुभक्त ढकाललाई दिएका हुन् ।

स्वास्थ्य मन्त्रालय विकासे र धेरै जनसम्पर्क हुने मन्त्रालयमा पर्छ । यो मन्त्रालयमा बजेट पनि प्रसस्त हुन्छ । विदेश घुम्न पनि जान पाइने । कमाइ पनि हुने । धेरै कर्मचारीहरूसँग सम्बन्ध राख्न पाइने । आदि विषय रहेकाले यादवले स्वास्थ्य मन्त्रालय छाड्न चाहेका थिएनन् । मन्त्री यादव दिल्ली पुगेका बेला यता ओलीले मन्त्रालय नै चट् बनाइदिए ।

यादवले सरकार छाड्नेवित्तिकै राजपा नेपाल खुट्टा उचालेर बसेको छ । सत्ताभन्दा बाहिर बस्नै नसक्ने अवस्थामा पुगेका मन्त्री यादवले घटुवामै परेपनि मन्त्री बनेर बसिरहने योजना बनाए । उनले सोमबार कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

मन्त्री यादवले सरकार छाडेको भए उनलाई ओलीले रौतहटको गौर घटनामा फसाउने योजना बनाएका थिए । यो कुराको जानकारी पाएका यादवले घटुवामा पनि सरकार नछाड्ने योजना बनाएका हुन् । आफ्ना छोरालाई धेरै अवसर दिएका मन्त्री यादवको घटुवापछि छोरा पनि तनावमा परेका छन् ।

राजपा नेपालले मन्त्री यादवलाई सरकार छाड्न दवाव दिँदै आएको छ । सरकार छाड्ने हो भने राजपा र समाजवादी पार्टीबीच पार्टी एकीकरण गर्ने प्रस्ताव छ । यो प्रस्तावलाई यादवले शंकाको दुष्टिले हेरेका छन् । आफू सरकारबाट बाहिरिने वित्तिकै राजपा सरकारमा जान्छ कि भन्ने ठूलो डर यादवलाई छ ।

यादवले प्रधानमन्त्री ओलीलाई सहजै रुपमा भेट्न पाउँदैनन् । मातृका यादव, लालबाबु पण्डित, थममाया थापा, चक्रपाणि खनाललगायतका बर्खास्त भएका मन्त्रीहरूको अवस्था हुन्छ कि भन्ने डर यादवलाई थियो ।

ओलीले नहटाएपनि साधारण मन्त्रालय दिएर यादवको औकात देखाइदिएका छन् । ओलीले आफूसँग जोरी खोज्नेलाई कुन अवस्थामा पुर्‍याउँछन् भन्ने प्रष्ट उदाहरण दिएको छ ।

हुन त मन्त्री यादवले कार्यसम्पादन राम्रोसँग गर्न नसकेको आरोप थियो । यादव विदेश मात्रै घुम्ने, कर्मचारीहरूको सरुवा र बढुवा तथा बजेटमा कमिशनको चक्करमा लागेपछि स्वास्थ्य मन्त्रालय गुमाउनु परेको चर्चा छ ।

प्रतिक्रिया
सम्बन्धित