५ कार्तिक २०८३, बिहिबार

भुकम्पले किच्दा काखमा नातिलाई जाेगाएर हजुरआमाले देह त्यागिन्

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर ।  अल्बानियमा मंगलबार आएको भुकम्पमा १८ जनाको मृत्यु भएको छ ।

अल्बानियाको राजधानी तिराना भन्दा ३४ किलोमिटर पर केन्द्रबिन्दु बनाई ६.४ रेक्टरको शक्तिशाली भुकम्पमा छ सय जना घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

अहिले विद्यालयहरु बन्द गरिएको छ । राहत र उद्धारको काममा सेना, प्रहरी खटिरहेको बिबीसीले जनाएको छ ।

उद्धारको क्रममा उद्धारकर्ताहरुले यस्तो पनि दृश्य देखे जसले सबैको मन रुवाएको छ । उद्धारकर्मीले एक वृद्ध महिलाको लास भेट्टाए ।

उनी आफ्नो नातिलाई च्यापिरहेकी थिइन् । ती वृद्ध महिलाको मृत्यु भइसकेको थियो तर उनको नातिको जिउँदै उद्धार गरिएको बिबीसीले जनाएको छ ।

अहिले बच्चाको अस्पतालमा उपचार भइरहेको छ । भुकम्पमा धेरै मानिस फसेको हुनसक्ने उद्धारकर्मीले बताएका छन् । हालसम्म ४५ मानिसको जिवीतै उद्धार गरिएको छ ।

अल्बानियामा आएको यो भुकम्प २० वर्ष यताकै शक्तिशाली भुकम्प भएको बताइएको छ । एजेन्सी