
काठमाडौं, ११ मंसिर । आगामी १४ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरु चुनावी प्रचारमा व्यस्त छन् । स्थानिय तहमा हुन लागेको उपनिर्वाचनका लागि दलका शिर्ष नेताहरु नै उम्मेदवारका लागि भोट माग्दै घरदैलोमा पुगिरहेका छन् ।
उपनिर्वाचन दलहरुको लागि एक परिक्षा जस्तै दखिएको छ । झनै सत्तारुढ दलका लागि त यो अग्नी परिक्षा नै हुने देखिएको छ । सरकारले आजसम्म गरेका कामको यसै निर्वाचनबाट जनताले मुल्यांकन गर्ने छन् ।
यसैबिच, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनावी प्रचारमा व्यस्त छन् । दहालले आजै तीन वटा चुनावी सभालाई सम्बोधन गर्दैछन्। प्रचण्डले कास्की २, धरान र भक्तपुरका चुनावी सभालाई बुधबार सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ ।
प्रचण्डले आज धेरै ठाँउमा सम्बोधन गर्ने तय भएकाले दिनभर हेलिकप्टरबाट चुनावी प्रचारमा जाने बुझिएको छ । प्रचण्डले हेलिकप्टर भने चुनावी क्षेत्रमा नलैजाने बताइएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि आज पोखरामा चुनावी सभालाई सम्बोधन गर्न जाने तय भएको थियो। मंगलबार एक्कासी एपेन्डिसाइटिसको शल्यक्रिया गरेकाले प्रधानमन्त्रीको कार्यक्रम रद्द भएको छ।
यसैबिच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि चुनावी कार्यक्रममा व्यस्त छन् । देउवा आज काठमाण्डौ आउने र प्रधानमन्त्री ओलीलाई भ्ट्न अस्पताल जाने बुझिएको छ । अन्य विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुदेखि कार्यकर्ताहरु समेत चुनाव प्रचारमा व्यस्त छन् ।
निर्वाचन आयोगले बुधबार राति १२ बजेसम्म मात्रै चुनावी प्रचार गर्न पाइने कार्यतालिका यसअघि नै जारी गरिसकेको छ। बिहीबारदेखि मौन अवधि सुरू हुनेछ। चुनावी प्रचारका कार्यक्रमहरू गर्न पाइने छैन।











प्रतिक्रिया