बैतडी, ११ मंसिर । स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसवाट निर्वाचित बैतडीका एक वडाअध्यक्ष सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
डिलाशैनी गाउँपालिका ७ का वडाअध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए ।
पुर्चौडी नगरपालिका ४ भटनामा आयोजित चुनावी सभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जनाले नेकपामा प्रवेश गरेको गिरीको भनाइ छ ।
नवप्रवेशीहरूलाई नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम सहसंयोजक एवं पूर्वमन्त्री भानुभक्त जोशीलगायतका नेताले स्वागत गरेका थिए ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपाका सुुदूरपश्चिम सहसंयोजक एवं पूर्वमन्त्री जोशीले बैतडीको पुर्चौडी क्षेत्रमा एक वर्षभित्रै विद्युतीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।











प्रतिक्रिया