घाेराही, ११ मंसिर । समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धीरज सेर्पाइली नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।
दाङको हापुरेमा आयोजना गरिएको विशाल चुनावी सभामा समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य शेर्पाइली नेकपामा प्रवेश गरेका हुन् ।
प्रदेश-५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज शंकर पोख्रेलले पार्टी प्रवेश गराएका हुन् ।
नेकपामा प्रवेश गर्दै शेर्पाइलीले समाजवादी क्रान्ति ल्याउन नेकपाको झण्डा बोकेको बताए ।
नेकपाले दाङको हापुरेमा बिशाल चुनावी आम सभा गरेको छ । नेपाली कांग्रेसले श्रीगाउँमा चुनावी सभा गरेको भोलिपल्ट नेकपाले हापुरेमा चुनावी सभा गरेको हो ।











प्रतिक्रिया