क्वालालम्पुर । नेपालीको लागि रोजगारीको निम्ति प्रमुख गन्तव्य मलेसिया मानिन्छन् । तर मलेसियामै दिनप्रतिदिन विभिन्न किसिमको दुर्घटना हुने गरेका छ्न ।
ती दुर्घटनाहरूमा परेर कैयौं नेपालीले आकालमै ज्यान गुमाउनु परिरहेको छ । कैयौं अपांग भएर घर फर्किरहेका छन् ।
दुर्घटनाकै क्रममा पुनः एक नेपाली मेसिन दुर्घटनामा परेर घाइते भएका छन् । मल्लाका राज्यमा अवस्थित वाई.एच.आई.(YHi) कम्पनीमा कार्यरत नेपाली कामदार मेसिन दुर्घटनामा परेर हात काटिएकाे छ ।
नेपालमा बारा जिल्ला कलैया-२२ ब्रहम्पुरी घर भएका दीपक साहकाे सोमबार राति साढे ११ बजे कम्पनीमा काम गर्ने क्रममा मेसिनमा हात च्यापिएर दुर्घटना भएकाे उनका साथीले बताए ।
घाइते साहकाे उपचार स्थानीय अस्पतालमा कम्पनीको सहयोग र निगरानीमा भइरहेकाे छ । अस्पतालका अनुसार साहकाे उपचार सफल भएकाे छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस