
काठमाडौँ, १० मंसिर । १५ करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै परिवारका ३ जनासहित ९ जनाविरुद्व मुद्वा दायर गरेको छ ।
मालपोत कार्यालय सिमराका नायव सुब्बा मदनप्रसाद गुप्ता र उनका परिवारका ३ जनासहित जनाविरुद्व अख्तियारले मुद्वा दायर गरेको हो । अख्तियारले उनिहरुविरुद्व मंगलबार मुद्वा दायर गरेको हो ।
मालपोत कार्यालय कलैया दरबन्दी भई सिमरामा कार्यरत रहेका गुप्ताले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।
उनले कमाएको अकुत सम्पत्ति गुप्ताले आफ्नो श्रीमती रीतादेवी छोराहरु विक्की गुप्ता र रकी गुप्ता, अन्य व्यक्तिहरु कविता कुमारी, निरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवको नाममा राखेको तथा विभिन्न ठाउँमा लगानी गरेको पाइएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
गुप्ता २०४७ असार २७ गते मालपोत कार्यालय मुस्ताङ्गबाट खरिदारको पदमा सेवा प्रवेश गरी २०६४ सालमा नायव सुब्बाको पदमा वढुवा भई मालपोत कार्यालय पर्सा हुँदै मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुखका रुपमा कार्यरत थिए।











प्रतिक्रिया