
काठमाडौं, १० मंसिर । आइतबार बिहान बानेश्वरस्थित संसद भवन गेट नम्बर १ अगाडि डाक्टरलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरिय प्रहरी परिसर काठकाण्डौका अनुसार रामेछाप पुगेको बा ३ ख ६१४ नम्बरको बस चालकसहित रामेछापबाट पक्राउ परेको हो ।
आइतबार बिहान मर्निङ वाकमा निस्किएका सिभिल अस्पतालका डाक्टर प्रभु जोशीलाई ठक्कर दिादा जोशीको घटनास्थल मै ज्यान गएको थियो ।
दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानबाट डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको छ। तर, बस चालकले सो कुरा स्वीकार गरेका छैनन्।
प्रहरीले गाडी र चालकमाथि अनुसन्धान जारी रहेको बताएको छ । चालकको नाम प्रहरीले सार्वजनिक गरेको छैन।











प्रतिक्रिया