
काठमाडाैं, १० मंसिर । नक्कली नागरिकताबाट खाता खोलेर बैँकको रकम हिनामिना गरेको आरोपमा कृषि विकास बैँकका शाखा अधिकृतविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्वा दायर गरेको छ ।
बैंकका शाखा अधिकृत केदारप्रसाद गौतमविरुद्ध ३३ करोड ९३ लाख रुपैयाा बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । बैंकको स्वयम्भू शाखामा १० महिना रहादा उनले त्यति रकम अनियमितता गरेको अख्तियारको आरोप छ ।
अनियमिततामा सघाएको आरोपमा अख्तियारले अन्य ७ जनामाथि पनि मुद्दा चलाएको छ । सबैमाथि दाबी गरिएको कुल बिगो रकम २ अर्ब ७१ करोड ४४ लाख रुपैयाा हुन्छ ।
गौतमसँग कारोबार गर्ने सुमन भुजेल, सन्दीप गुप्ता र नक्कली नागरिकता बनाउन सघाएको आरोपमा सूर्यबहादुर लिम्बू र कृष्णहरि थापालाई पनि मुद्दा चलाइएको छ ।
आरोपितहरूमाथि बैंकिङ कसुरको आरोपमा मुद्दा चलिसकेको छ । सरकारी बैंकमा अनियमितता गरेकाले भ्रष्टाचारको आरोपमा समेत छानबिन भएको हो । उनीहरूमाथि किर्ते नागरिकता लिएको आरोपमा समेत भक्तपुरबाट छानबिन हुनेछ ।











प्रतिक्रिया