मुम्बई । ‘मिस वर्ल्ड २०१७’ मानुषी छिल्लरको बलिउड डेब्यू पक्का भएको छ । उनी सन् २०२०को दिपावलीमा रिलिज हुने फिल्म ‘पृथ्वीराज’बाट बलिउडमा डेब्यू गर्न लागेकी हुन् ।
भारतीय सञ्चारमा माध्यम ‘द फ्रि प्रेस जर्नल’का अनुसार मानुषीले ‘पृथ्वीराज’मा बलिउड स्टार अक्षय कुमारसँग अनस्क्रिन रोमान्स गर्ने छिन् ।
आदित्य चोपडाको निर्माणमा बन्न लागेको यो फिल्ममा मानुषी अक्षयकी प्रेमिका संयोगिता पात्रको भूमिकामा देखिन लागेकी हुन् । यस फिल्मलाई डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्दैछन् ।
निर्देशक चन्द्रप्रकाशले फिल्मका लागि आवश्यक र कथा सुहाउँदो पात्र मानुषीमा पाएकोले उनैलाई अनुबन्ध गरेको बताएका छन् । फिल्मको स्क्रिप्टमा संयोगिता पात्रमा मानषी नै सुहाउने निर्देशक चन्द्र प्रकाशको दावी छ ।
फिल्ममा काम गर्न पाएकोमा मानुषीले पनि खुसी व्यक्त गरेकी छन् । उनले जीवनमा, मिस इण्डिया, मिस वल्र्ड हुँदै बलिउड उद्योगको एक ठूलो प्रोजेक्टमा अभिनेत्रीका रुपमा प्रवेशको अवसर पाएकोमा खुसी र उत्साह थपिएको बताएकी छन् ।
सञ्चारमाध्यममा उल्लेख भएअनुसार मानुषीले यो चलचित्रका लागि केही समय अगाडिदेखि नै तयारी गरिरहेकी थिइन् ।















प्रतिक्रिया