मंगलबार, १० मंसिर २०७६
DainikNepal.com
मंगलबार, १० मंसिर २०७६

अखिलका नेताले क्याम्पस प्रमुखलाई कुटेपछि त्रिचन्द्र क्याम्पस बन्द

दैनिक नेपाल २०७६ मंसिर १० गते १०:२२

काठमाडाैं, १० मंसिर । क्याम्पस प्रमुखलाई कुटपिट गरी घाइते बनाएको विरोधमा काठमाडाैंको त्रिचन्द्र क्याम्पस मंगलबार बन्द भएको छ ।

घटनाको विरोधमा मंगलबार क्याम्पसमा पठनपाठन बन्द हुनुका साथै कलेजमा सञ्चालन भइरहेको प्रयोगात्मक परीक्षा पनि मंगलबार एक दिन नहुने क्याम्पस प्रशासनले जनाएको हो ।

सोमबार त्रिचन्द्र क्याम्पसका प्रमुख प्राध्यापक प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेर घाइते बनाएका थिए । उनको ट्रमा सेण्टरमा उपचार भइरहेको छ ।

विज्ञान संकायमा बढाएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ नेकपा निकट अनेरास्ववियुका कार्यकर्ताले न्यौपानेलाई कुटपिट गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित