मंगलबार, १० मंसिर २०७६
DainikNepal.com
मंगलबार, १० मंसिर २०७६

रेलसेवा निर्माण सम्बन्धी नेपाल–चीन वार्ता हुँदै

दैनिक नेपाल २०७६ मंसिर १० गते ९:४७

काठमाडौं, १० मंसिर । अन्तरदेशीय रेलसेवा निर्माण सम्बन्धी नेपाल–चीन वार्ता मंगलबार काठमाडौंमा हुँदैछ ।

नेपाल र चीनका अधिकारी अन्तरदेशीय रेलसेवा निर्माण सम्बन्धी छलफलका लागि पाँचौँपटक वार्तामा बस्न लागेका हुन् ।

वार्ता काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन प्रक्रियाअघि बढाउने विषयमा केन्द्रित हुनेछ । वार्ताका लागि चीनको नेशनल रेलवे अथोरिटीका डेपुटी एडमिनिस्ट्रेटरको नेतृत्वमा २३ सदस्यीय टोली सोमबार नै नेपाल आएको छ ।

नेपाली पक्षको टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवले गर्नेछन् । वार्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित