मंगलबार, १० मंसिर २०७६
DainikNepal.com
मंगलबार, १० मंसिर २०७६

प्रधानमन्त्री ओलीले आज विशेष सम्बोधन गर्ने

दैनिक नेपाल २०७६ मंसिर १० गते ७:४४

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी ओलीले १३औं दक्षिण एसियाली खेलकुदमा सहभागीहरूलाई लक्षित गरी मंगलबार विशेष सम्बोधन गर्ने भएका छन् ।

१५ मंसिरबाट काठमाडौं, पोखरा र जनकपुरमा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुँदै छ । १३औं सागको अवसर पारेर प्रधानमन्त्रीले खेलाडी, प्रशिक्षकका लागि विशेष प्याकेज घोषणा गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताए ।

‘१३औं सागलाई ऐतिहासिक बनाउनका लागि प्रधानमन्त्रीले मंगलबार सम्बोधन गर्दै हुनुहुन्छ’, सिलवालले भने, ‘सो अवसरमा प्रोत्साहनस्वरूप स्पेसल प्याकेज घोषणा हुनेछ ।’

मंगलबार नै सागमा सहभागी हुने विदेशी खेलाडी तथा पदाधिकारीलाई पाँच लाखको दुर्घटना बिमा हुने भएको छ । त्यसका लागि आईएमई बिमाले सहमति गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित