बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

नलगाडमा मुआब्जाका लागि चलखेल गर्नेमाथि छानबिन हुन्छः मन्त्री बस्नेत

दैनिक नेपाल २०७६ मंसिर ९ गते १०:२१

काठमाडौं, ९ मंसिर । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा निर्माणाधीन नलगाड जलविद्युत परियोजनाको काममा सहयोगी हुन जिल्लाबासीलाई अपील गरेका छन् ।

सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना नलगाडबाट ४ सय १७ मेघावाट बिजुली निकाल्ने योजना छ ।

आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन प्रतिवेदन (ईआईए) बारे छलफल गर्न राजधानीमा आयोजित सरोकारवाला सहभागी गोष्ठीमा मन्त्री बस्नेतले आयोजनाको काम तीव्र गतिमा अघि बढाइने बताए ।

मन्त्री बस्नेतले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका जायज आकांक्षा र गुनासा सम्बोधन गरिने स्पष्ट पारेका छन् ।

आयोजनाको काममा भाँजो हाल्ने नियतका साथ गरिने गतिविधि भने सह्य नहुने उनको भनाइ थियो ।

सरकारलाई गुमराहमा राखेर मुआब्जा लिनका लागि बाहिरबाट गएर केही अवाञ्छित व्यक्तिले आयोजना प्रभावित क्षेत्रमा जग्गा गरिद गरेको सूचना आएको भन्दै मन्त्री बस्नेतले त्यसबारे छानबिन हुने बताइ ।

प्रतिक्रिया
सम्बन्धित