बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

ओलीले सागमा सहभागी हुने सबै खेलाडीसँग भेट्ने

दैनिक नेपाल २०७६ मंसिर ९ गते १०:१७

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी ओलीले दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा सहभागी हुने सबै खेलाडीसँग भेट्ने इच्छा व्यक्त गरेपछि बन्द प्रशिक्षण प्रभावित भएको छ ।

प्रधानमन्त्री ओलीले सबै खेलाडी तथा पदाधिकारीसँग काठमाडौँमा भेट्नका लागि बोलाएका छन् । यसले गर्दा काठमाडौँ तथा पोखरा र ललितपुरमा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको प्रशिक्षण प्रभावित भएको हो ।

ओलीले मंगलबार प्रज्ञा प्रतिष्ठानमा खेलाडी तथा पदाधिकारीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको र त्यसका लागि बसैलाई काठमाडौँ आउन भनिएको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित