बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

एक लाख ५५ हजार रियालसहित भारतीय पक्राउ

दैनिक नेपाल २०७६ मंसिर ९ गते ९:१६

काठमाडाैं, ९ मंसिर । एक लाख ५५ हजार साउदी अरबको रियालसहित एक भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

काठमाडौंबाट दुबइका लागि प्रस्थान गर्न लागेका भारतीय नागरिक आसफाक मिर्जाको साथबाट १ लाख ५५ हजार रियाल बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ।

उनले लगेजमा लुकाएर लैजान लागेका अवस्थामा रियाल बरामद गरिएको प्रहरीले जनाएको छ। रियालको नेपाली रकम ४७ लाख ३९ हजार हुन आउँछ ।

प्रतिक्रिया
सम्बन्धित