बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

सडक विस्तारबारे इटहरीको विवाद मुख्यमन्त्री राईको च्याम्बरमा पुग्यो

दैनिक नेपाल २०७६ मंसिर ८ गते १५:१०

इटहरी, ८ मंसिर । कोशी राजमार्गको सडक विस्तारको काम चलिरहेको छ । दायाँ बायाँ ८२ फिट बाटो बनाउनुपर्ने विस्तारअघिकै सरकारी योजनाबारे इटहरीमा देखिएको विवाद प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको च्याम्बरमा पुगेको छ ।

रानी, विराटनगर, इटहरी धरान हुँदै किमाथाङ्का जोड्ने राजमार्गको मापदण्ड एकरुपता कायम गर्ने संघर्ष समितिले उक्त विषयमा मुख्यमन्त्री राईलाई आइतबार भेटेर ध्यानाकर्षण गराएको हो ।

समितिका संयोजक मदन चुडालसहितको टोलीले मुख्यमन्त्री राईलाई भेटेर उक्त विवाद समाधान गर्दै सडक विस्तारको काममा एकरुपता कायम गराउन प्रदेश सरकारसँग माग गरेको हो ।

कोशी राजमार्गमा पर्ने उक्त सडक विराटनगर, इटहरी, धरान हुँदै पूर्वी पहाडी जिल्लाबाट चीनको किमाथांकासम्म जोडिने सडक हो ।

नियमत ८२ फिट छाड्नुपर्ने भए पनि केही व्यापारी र नेताको प्रभावमा ६५ फिट मात्र विस्तार गर्ने काम भएपछि यसको विरोध भएपछि विवाद सुरु भएको थियो । उक्त विवाद समाधानका निम्ति संघर्ष समिति गठन गरिएको थियो ।

संघर्ष समितिले इटहरी उपमहानगरपालिका, सडक डिभिजन कार्यालयमा यसअघि ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित