बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

बानेश्वरमा सवारीको ठक्करबाट बरिष्ठ डाक्टरको मृत्यु

दैनिक नेपाल २०७६ मंसिर ८ गते १३:५४

काठमाडौं, ८ मंसिर । सवारीले ठक्कर दिँदा बरिष्ठ डाक्टर प्रभु जोशीको आइतबार मृत्यु भएको छ । मर्निङ वाक  गर्ने क्रममा बानेश्वरको संसद भवन छेउमा एनेस्थोसियोलोजिष्ट (बेहोस बनाउने) डाक्टर जोशीको मृत्यु भएको हो ।

७२ वर्षिय डा जोशीलाई ठक्कर दिएर भाग्ने गाडीको खोजी भइरहेको बानेश्वर प्रहरी वृतका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए ।

डा जोशी हाल इसान अस्पतालमा कार्यरत थिए । यसअघि उनले त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा काम गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित