१० मंसिर २०८३, बिहिबार

चितवन मेडिकल कलेजका पाँच सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ मंसिर । चितवन मेडिकल कलेजको होस्टल परिसरमा हतियार भेटिएको घटनाको छानबिनको लागि प्रहरीले पाँचजना कलेजका सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको छ ।

कलेजको कम्पाउण्ड भित्रको कर्नरमा पेस्तोल भेटिएपछि सोधपुछका लागि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । होस्टलभित्र ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिएको थियो ।

मेडिकल कलेज प्रशासनले लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै चितवन मेडिकल कलेजका विद्याथीहरु निरन्तर आन्दोलनमा छन् ।

चितवन मेडिकल कलेजले शुल्क समयोजन गर्ने सहमति कार्यान्वयन गर्न आलटाल गर्दै आएको छ । त्यसैले भोलि आइतबार भरतपुरमा अभिभावकसहित वृहत प्रदर्शन गर्ने विद्यार्थीहरुको तयारी थियो ।