सोमबार, ९ मंसिर २०७६
DainikNepal.com
सोमबार, ९ मंसिर २०७६

चितवन मेडिकल कलेजबाट हतियार बरामद

दैनिक नेपाल २०७६ मंसिर ८ गते ८:२०

काठमाडौँ, ८ मंसिर ।चितवन मेडिकल कलेजको परिसरबाट प्रहरीले गोलीसहित पेस्तोल बरामद गरेको छ । शनिबार प्रहरीले कलेजको हाताभित्र हतियार बरामद गरेको हो ।

विद्यार्थी हरुले भने आन्दोलन तुहाउन कलेज प्रशासनले र प्रहरीले जालझेल गरेको आरोप लगाएका छन् । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भने प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दको कोठामा पेस्तोल बरामद गरिएको जानकारी दिए ।

चितवन मेडिकल कलेजका विद्यार्थीले भाद्र ५ गतेदेखि शुल्क फिर्ताको मागसहित आन्दोलित छन् । आन्दोलनका कारण कलेजको पढाइ र उपचार प्रभावित हुँदै आएको छ । आइतबार देशभरका मेडिकल कलेजका विद्यार्थीले चितवनमा शुल्क फिर्ताको मागसहित प्रदर्शन गर्ने कार्यक्रम तय भएको थियो ।

त्यसको अघिल्लो दिन प्रहरीले हतियार बरामद गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित