
काठमाडौं, ७ मंसिर । भारतले सार्वजनिक गरेको नयाा नक्सामा नेपाली भूभाग कालापानी र लिम्पियाधुरा पनि आफ्नो नक्सामा पारेर सार्वजनिक गरेपछि नेपालमा यसको विरोध चर्किएपछि भारतले दाेस्रो नक्सा सार्वजनिक गरेको छ ।
भारतले सार्वजनिक गरेको दास्रो नक्साको पनि विरोध शुरु भएको छ । भारतले दोस्रो पटक सार्वजनिक गरेको नक्सामा पहिला कै नक्सामा रहेको काला नदी शब्द मात्रै मेटेर पहिले कै नक्सा सार्वजनिक गरेको हो । भारतले नेपालको आखाामा छारो मात्रै हाल्न खोजेको भन्दै विरोध शुरु भएको हो ।
यसअघि सार्वजनिक गरेको नक्सामा रहेको काली नदी शब्द मेटेर उसले त्यही नक्सा सार्वजनिक गरेको हो । नदीको नाम नै मेटेर भारतले त्यो भूभागमा नेपालको कुनै क्षेत्रको नाम नराखी सार्वजनिक गरेको छ । भारतद्वारा सार्वजनिक नक्साप्रति नेपालका नागरिक अगुवाहरूले विरोध गरेका छन् ।
नेपाल सरकाले भने नेपाल भारतको सीमा विवाद समाधानको लागि उच्चस्तरीय छलफलको प्रयास भैरहेको बताउदै आएको छ ।















प्रतिक्रिया