
काठमाडौं, ७ मंसिर । तोकेभन्दा धेरै शुल्क लिएको विरोधमा शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा रहेका नेसनल मेडिकल कलेज विरगञ्जका विद्यार्थी कुटिएका छन् ।
शुल्क फिर्ताको माग गर्दै शुक्रबार साँझ केहीबेर कलेजअगाडि विरोध प्रदर्शन गर्ने क्रममा एमबिबिएस पहिलो वर्षका विद्यार्थी कुटिएका हुन् । कलेज प्रशासनले विद्यार्थीलाई कलेज प्रशासनमै कुटेको विद्यार्थीहरुले बताएका छन् । केही सिनियर विद्यार्थीले बिहीबार पनि उनीहरूलाई मध्यरातसम्म होस्टेल छिर्न दिएका थिएन् ।
एक महिनादेखि आन्दोलित नेसनलका विद्यार्थी पछिल्लो समय रिले अनसनमा छन् । सुरुमा सरकारी प्रशासन र बाउन्सर लगाएर आन्दोलन दबाउन लागेको कलेजले अहिले केही सिनियर विद्यार्थी प्रयोग गरेर दमन गर्न थालेको उनीहरूको गुनासो छ ।
सरकारले समेत विद्यार्थीहरुसंड लिएको बढि शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई निर्देशन दिँदा पनि मेडिकल कलेजहरुले अटेर गरिरहेका छन् । मेडिकल कलेजहरु उल्टै आन्दोलनमा उत्रेका विद्यार्थीहरुमाथि नै दमनमा उत्रिएको हो ।















प्रतिक्रिया