
काठमाडौं, ७ मंसिर । स्थानिय तहमा लोकसेवाबाट सिफारिस कर्मचारी आवस्यक नभएको भन्दै कतिपय स्थानिय तहले कर्मचारी नपठाउन आग्रह गरेका छन् । लोकसेवाबाट आएका कर्मचारीलाई धान्न सक्ने स्थानिय तहको आर्थिक स्रोत नरहेकाले स्थानिय तहले कर्मचारी रोकिदिन माग गरेका हुन् ।
मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले केही स्थानीय तहले मौखिक रूपमा र केहीले लिखित रूपमै मन्त्रालयसाग यस्तो आग्रह गरेको बताए । मन्त्रालयले भने सिफारिस रोक्न सम्भव नहुने स्पष्ट पारिसकेको छ । तर, कति स्थानीय तहले यस्तो जानकारी गराए भन्ने सम्बन्धमा यकिन तथ्यांक मन्त्रालयसाग रहेको छैन ।
लोकसेवामार्फत सिफारिस भएका उम्मदेवारलाई सिफारिस भएको पदमा नियुक्ति दिई पदस्थापना गराउन मन्त्रालयले स्थानीय तहलाई कडा निर्देशन दिएको बताइएको छ ।
पदस्थापना गर्दा स्वीकृत संगठन संरचना एवं दरबन्दी बाहिर हुने भएमा मात्र त्यस्ता पदका सम्बन्धमा कुनकुन पदको कुनकुन तहमा कर्मचारी बढी हुने हो सोको जानकारी गराउन परिपत्र गरिसकेको मन्त्रालयले जनाएको छ ।
यसरी नियुक्त भएका कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म हाजिरी गराई कामकाज गराउन र नियमानुसार तलबसेवा उपलब्ध गराउन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिइएको जनाएको छ ।
लोकसेवा आयोगले परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा भई सिफारिसको क्रम चलिरहेको जनाएको छ ।











प्रतिक्रिया