४ कार्तिक २०८३, बुधबार

वर्ल्ड कनेक्शन युएसका सीईओको बयान– अवार्ड किनबेच, अमेरिका ल्याउन कलाकार नाममा असुली

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । अमेरिकामा वर्ल्ड  म्युजिक अवार्डका नाममा कलाका नाममा अवार्डको किनबेच र कलाकारका नाममा अमेरिकामा अवैध हिसाबले छिराउन खोजिएको वर्ल्ड  कनेक्शन युएसका सीईओ सुमन बुढाले खुलासा गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै आफूलाई समेत कार्यक्रम संयोजकको पदबाट हटाएको फेसबुके जानकारी दिई यस्तो काम भएको उनले खुलाएका हुन् ।

जेनिफर पिनासा नामकी महिलालाई प्रयोग गरी छिरिङ डोमा शेर्पाले आफूलाई बदनाम गराउने कामको पनि आफूले महानगरीय अपराध महाशाखामा उजुरी दिएर माफी मगाएको बुढाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अवार्ड किनबेचको षडयन्त्र गर्दै आफूलाई सीईओ पदबाट हटाउनका लागि छिरिङ डोमा, दावा शेर्पा, तारा मगरसम्मको मिलोमतो रहेको उनले विज्ञप्तिमा खुलाएका छन् ।

नेपाली म्युजिक अवार्डका नाममा टप १० कलाकार हुँदै टप ३ छान्नेबेला मानव तस्करीको तयारी स्वरुप जानकारी नै नदिई उक्त समूहको मिलोमतो रहेको उल्लेख गरेका बुढाले आफूलाई पनि प्रभावमा पार्न खोजिएको, नपरेका कारण षडयन्त्र गरिएको आरोप लगाएका छन् ।

यो प्रकरणमा आङ्गालु शेर्पा, दावालगायतको षडयन्त्रको भुंग्रोमा परेको उल्लेख गर्दै उक्त समूहले टप ३ को नाममा कलाकारीतामा दख्खल नभएका मानिसलाई छानी अमेरिका छिराउने खेल खेलेको बुढाको विज्ञप्तिमा उल्लेख छ ।

आफूलाई निकालेर उक्त समूहले अमेरिका पठाउने कलाकार नक्कली छिराएको हुनसक्ने विषयमा आफूले अनुसन्धान जारी राखेको बताउँदै बुढाले विज्ञप्तिमा भनेका छन्,‘यस प्रकरणमा त्यो समूहले आर्थिक अपचलन गरेको, फारम शुल्क २ हजार रुपियाँका ठाउँमा ५ हजार ५ सय लिएको पनि प्रस्ट नै छ ।’