
काठमाडौँ, ६ मंसिर । टिपरका कारणले धेरै दुर्घटना भएको भन्दै उपत्यकामा कडा गरिएको टिपरलाई थप कडाइ गरिएको छ ।
यातायात व्यवस्था विभागले टिपर धोएर सफा गरेर सडकमा पानी नचुहिने गरेर मात्रै चलाउन दिने भएको छ । विभागले नियमविपरित टिपर सञ्चालन गरेको पाइएमा कानूनबमोजिम कारबाही गर्ने जनाएको छ ।
पछिल्लो समय दुर्घटना साथै सडक जाममा पनि टिपर कारक रहेको भन्दै यस्तो निर्णय गरेको हो ।
अब उपत्यकामा नागढुंगा र धुलिखेलतर्फबाट आउने टिपरले राति ८ बजेपछि मात्र प्रवेश पाउने छन्।











प्रतिक्रिया