१० मंसिर २०८३, बिहिबार

मलाई डर र लोभ देखाएर प्रभावित पार्न नखोजे हुन्छ – कृषिमन्त्री भुसाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर ।  नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आफूलाई कसैले पनि डर र लोभ देखाएर प्रभावित पार्ने कोशिस पनि नगर्न आग्रह गरेका छन् ।

बिना डर र लोभले निष्पक्ष रुपमा जनताको सेवा गर्न आफू यस स्थानसम्म आएको भन्दै मन्त्री भुसालले आफ्नो कदमबाट नडगमगाउने बताएका हुन् ।

नेपालको कृषिलाई नयाँ उचाईमा पुग्ने गरी आफूले कार्य गर्ने मन्त्री भुसालले बताए । बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि संचारकर्मीसाग कुरा गर्दै उनले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना रहेको बताए ।