
काठमाडौं, ५ मंसिर । नेपालमा राजनीति गरेर सामान्य जीवनयापन गर्ने राजनीतिज्ञ हामीले खोज्ने हो भने हामी औँलामा गन्न सक्छौ होला । हामिलाई कोहि मन्त्री भएको मान्छे घर फर्किदा ट्याक्सीमा फर्केको सुन्दा नेपालको राजनीतिक अवस्थामा नौला लाग्न सक्छ । तर विहिबार यस्तै दृश्य देखियो सिंहदरबारमा ।
निवर्तमान श्रम, राजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर घर फर्किएको देख्दा धेरै अचम्ममा परे । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्नगठन गरेपछि विष्ट मन्त्रीबाट फालिएका हुन् । आफु मन्त्री हुँदा सुविधा स्वरुप पाएको गाडी सुविधा बिहीवारै फिर्ता गरेर विष्ट ट्याक्सीमा घर फर्केका हुन् ।
विष्टले अहिलेसम्म आफुले इमान्दारिताका साथ काम गरेको बताए । विष्टले यो समयसम्म काम गर्न दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद पनि दिएका छन् ।











प्रतिक्रिया