
काठमाडौं, ५ मंसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेको संसदीय समितिमा सार्वजनिक सुनुवाइ जारी छ ।
समितिमा उपस्थित यूरोपियन यूनियनका लागि अमेरिकी राजदूत गोर्डन सन्डल्याण्डले राष्ट्रपति ट्रम्पले आफ्नो प्रतिद्वन्दी जो वाइडेनबारे अनुसन्धान गर्न युक्रेनलाई दबाब बढाउन आफुलाई निर्देशन दिएको बताएका छन् ।
राष्ट्रपतिका तर्फबाट उहााका कानुनी सल्लाहाकार रुडी गुलियानीले यस्तो निर्देशन दिएको उनको भनाइ छ ।
सन्डल्याण्डले ट्रम्पको निर्देशनबारे विदेश मन्त्री माइक पोम्पेओलाई पनि जानकारी रहेको र ट्रम्पकै निर्देशनमा युक्रेनमाथि दबाब बढाइएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पमाथि विभिन्न सर्त राखेर युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको विषयमा अनुसन्धान भइरहेको हो ।
तर ट्रम्पले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् । बाइडेन सन् २०२० को राष्ट्रपतीय चुनावमा डेमोक्र्या्टिक पार्टीका तर्फबाट उम्मेदवार बन्नेमा प्रमुख दाबेदार मानिन्छन् ।
ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए ।















प्रतिक्रिया