मुम्बइ । चर्को गाली र आलोचना पाएपनि सिद्धार्थ मल्होत्रा, रितेश देशमुख, राकुलप्रीत तथा तारा सुतारिया स्टारर ‘मरजावाँ’ले वक्सअफिसमा उल्लेख्य कमाइ गरेको छ ।
सिनेमाले ३ दिनमा २३.७४ करोड भारू कमाइ गरेको छ । शुक्रबार र शनिबार व्यापारमा स्थिर बढोत्तरी गरेको सिनेमाले आइतबार भने आफ्नो व्यापारमा ३५ प्रतिशतले वृद्धि गरेको छ ।
शुक्रबार र शनिबार क्रमशः ७.३ तथा ७.२१ करोड भारू कमाएको सिनेमाले तेश्रो दिन आइतबार करिब ९.५ करोड भारू बढीको कमाइ गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छन् । सिनेमाले सिङ्गल स्क्रिनहरूमा राम्रो व्यापार गरेको छ ।
सोही दिन रिलिज भएको नवाजउद्दिन सिद्दकी तथा आथिया शेट्टी स्टारर ‘मोतीचुर चकनाचुर’ले शुक्रबार र शनिबार गरी दुई दिनमा ९ करोड भारू कमाइ गरेको जनाइएको छ । सिनेमा करिब २० करोड भारूको लागतमा तयार भएको हो ।















प्रतिक्रिया