
काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले उपनिर्वाचनले दलहरुको कठोर परिक्षा लिने बताउनुभएको छ ।
उपनिर्वाचले अहिले सम्म दलले गरेका कामहरुको छिनोफानो गर्ने बताउनुभयो । शर्माले सरकार पछिल्लो समय अधिनायकवाद तर्फ उन्मुद हुँदै गइरहेको भन्दै कांग्रेस रहेसम्म सरकारलाई अधिनायकवादी चरित्र देखाउन नदिने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेको २१ महिनाको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको २१ महिनाको २१ असफलता सार्वजनिक गर्दै पत्रकार सम्मेलन गरेको हो।
पार्टी कार्यालय सानेपामा कांग्रेका २१ युवा नेताले सरकारको २१ असफलता सार्वजनिक गरेका हुन्।
कांग्रेसले अहिलको सरकार जन अपेक्षा पूरा गर्न पूर्णरुपमा असफल भएको आरोप लगाउँदै आएको छ। असफल सरकारको जनतामाझ भण्डाफोर गर्ने प्रवक्ता शर्माले बताए।











प्रतिक्रिया