१ कार्तिक २०८३, आइतबार

डढेलोका कारण सिड्नीकाे वातावरण प्रतिकुल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिड्नी, ३ मंसिर । अस्ट्रेलियाको सिड्नीका अधिकांश क्षेत्रमा रहेको जंगल तथा त्यस आसपासका झाडी युक्त क्षेत्रमा फैलिएको डढेलोका कारण वातावरण प्रतिकुल प्रभाव परेको छ ।

अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीलाई धुवाँको मुस्लोले ढाकेको छ ।

सिड्नीको उत्तरी क्षेत्रमा भीषण आगलागी भएको छ । सोमबार राति चलेको तीव्र गतिको हावाका कारण सो क्षेत्रका धुवाँ सिड्नीको मुख्य शहरी क्षेत्रमा ल्याएको हो ।

अहिले सिड्नीको आकाशमा धुवाँको बादल लागेको छ । जसका कारण सिड्नीको वायुको गुणस्तर कम भएको छ ।

न्यु साउथ वेल्सको राजधानी सिड्नीमा ५० लाख भन्दा बढीको बसोबास छ । आगालगीका कारण पछिल्लो केही हप्तादेखि त्यहाँका मानिस प्रभावित भएका छन् । राज्यको उत्तरी क्षेत्रमा आगलागीका कारण ६ जनाको त ज्यानै गएको थियो ।