
काठमाडौं, ३ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पुत्र प्रकाश दहालको आज दोस्रो स्मृति दिवश परेको छ । प्रकाशको सम्झनामा दिप प्रज्वलन गरिने बताइएको छ ।
युवा नेता तथा अध्यक्ष दाहालका स्वकीय सचिब रहेका प्रकाशको २०७४ साल मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो ।
पुत्र प्रसिद्धको जन्म दिनको दुई दिनपछि प्रकाशको स्मृति दिवस परेको हो । प्रकाशको निधनपछि आमा सिता गम्भीर रोगबाट ग्रसित छिन् ।
उनको स्मृतिका अवसरमा प्रचण्ड निवास खुमलटारमा दिप प्रज्वलनको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।











प्रतिक्रिया