मंगलबार, ३ मंसिर २०७६
DainikNepal.com
मंगलबार, ३ मंसिर २०७६

प्रधानमन्त्रीले सिंहदरबारकाे ‘वार रुम’ बाटै गरे त्रिशूली थ्री ‘ए’ को उद्‍घाटन

दैनिक नेपाल २०७६ मंसिर २ गते १३:०६

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ जलविद्युत परियोजनाको उद्‍घाटन गरेका छन्।

सोमबार प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ‘वार रुम’ बाट स्वीच थिचेर उद्‍घाटन गरेका हुन्। उद्घाटनपछि प्रधानमन्त्री ओलीले यो परियोजनाको शुरुवात सागै ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ को नाराले सार्थकता पाएको जानकारी दिए ।

काठमाडौंबाट प्रधानमन्त्री ओलीले र निर्माणस्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन,अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्तरुपमा उदघाटन गरेका हुन्।

लामो प्रयास र मिहेनतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित