
काठमाडौं, २ मंसिर । हत्या आरोपी नेपाली कांग्रसका सांसद मोहम्मद अफताव आलमले प्रहरी सामु नै धम्की दिएको खुलासा भएको छ ।
आलमले प्रहरीलाई नै हत्कडी लगाइदिने र हजारौं मानिस उपस्थित गराएर जिल्ला अशान्त बनाउनेसमेत धम्की दिएका छन् ।
जिल्लामा आगो लागाउने, ठुलाठुला प्रहरी अधिकृतलाई नै हत्कडी लगाउने धम्की आलमले दिएका हुन् । उनको यो धम्कीका कारण प्रहरीले पीडित, घटनाका साक्षी, न्यायाधीश र सरकारी वकिलको सुरक्षामा विशेष व्यवस्था गरेको छ ।
आलमलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा लैजाने क्रममा प्रहरीसँग भनाभन भएको हो । पहिलो संविधानसभाको निर्वाचन ताका २०६४ सालमा आलमले बुथ कब्जा गर्ने मनसायले बम बनाउन लाग्दा बम विष्फोट भई घाइते भएकालाई जिँउदै जलाएको आरोप आलममाथि लागेको छ ।
आलम अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।















प्रतिक्रिया