मंगलबार, ३ मंसिर २०७६
DainikNepal.com
मंगलबार, ३ मंसिर २०७६

ठमेलको नाइट क्लबमा पूर्वराजाको ’सर्प्राइज’ यसरी खुुलेर गरे डान्स (हेरौं फोटो र भिडियो)

दैनिक नेपाल २०७६ मंसिर २ गते ९:३६

काठमाडौं, २ मंसिर ।  पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार बेलाबखत रेष्टुरेन्ट, नाइट क्लब र बारमा देखिने गर्छन ।

लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा ज्ञानेन्द्र परिवारको जमघट बाक्लै रुपमा हुनेगर्छ । तर यसपटक उनी ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिन भ्याए ।

शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर खानपिन मात्र गरेनन् उपस्थितहरुसँग ‘रातो र चन्न्द्र सूर्य’ गीतमा डान्स पनि गरे ।

पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । उनले पनि नाचेर शुभेच्छुकहरुलाई मजा दिलाइन ।

कोमल बाहेक ज्ञानेन्द्र परिवारका अन्य सदस्य पनि क्लबमा पुगेका थिए । सयौं शुभेच्छुकहरुसाग उनीहरुले पनि मजा लिएका थिए । काठमाडौं बाहिर भएकाले पारस शाह भने त्यहाँ उपस्थित थिएनन् ।

पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसाग तस्विर र सेल्फी पनि खिचाएका थिए ।

रुदिक श्रेष्ठलगायतको टिमले संचालनमा ल्याएको नाइट क्लबमा तन्नेरीहरुको रोजाइमा पर्ने गरेको भए पनि शनिबार राती पूर्व राज परिवारका सदस्य र कलाकारहरु पुगेका थिए ।

साँझ १० बजे क्लब छिरेका शाह १ बजे बाहिरिएका थिए । शाह क्लबमा छिरेपछि शुभेच्छुकहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्ने नारा पनि लगाएका थिए ।

फोटो तथा भिडियो लोड क्लबको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित