सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

अरुण नदीको लम्सुवाघाट पुल छिटाे बनाउन कांग्रेस र स्थानीयको दवाव

दैनिक नेपाल २०७६ मंसिर २ गते ७:३९

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँसहित भोजपुर कांग्रेसका नेता तथा कार्यकर्ता र स्थानीयहरूले अरुण नदीको लम्सुवाघाट पुल निर्माणका लागि ज्ञापन पत्र बुझाएका छन् ।

सरकारले विकास निर्माणका कामहरूलाई अगाडि बढाउन ढिलाइ गरिरहेका बेला भोजपुर कांग्रेसका नेता तथा कार्यकर्ता र स्थानीयहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई ज्ञापन पत्र बुझाइ लम्सुवाघाटको पुल छिटो सम्पन्न गर्न दवाव दिएका हुन् ।

पुल निर्माणका लागि ०६९ असार २६ गते शिलान्यास भएको थियो । लम्सुवाघाट तीन वर्षभित्र सम्पन्न गर्ने लग्य राखिएको थियो । तर, ९ वर्षभन्दा पनि धेरै समय भइसक्दा पनि पुल निर्माण हुन नसकेपछि भोजपुर कांग्रेसका नेता तथा कार्यकर्ताहरू आक्रोशित बनेका छन् ।

भोजपुर कांग्रेसका नेता तथा कार्यकर्ताहरूले अरुण नदीको लम्सुवाघाटको पुल छिटोभन्दा छिटो सम्पन्न गर्न मातहतलाई निर्देशन दिन सचिवसँग आग्रह गरिएको नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष चापागाइँले बताए ।

प्रतिक्रिया
सम्बन्धित