सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

बरण्डाबाट हाम फालेर भाग्ने क्रममा एक जनाको मृत्यु

दैनिक नेपाल २०७६ मंसिर २ गते ६:२३

चितवन, २ मंसिर । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका ३ फिस्लिङको बरण्डाबाट हाम फालेर भाग्ने क्रममा आइतबार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका ५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत थिए ।

कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हाम फाल्दा उनी गम्भीर घाइते भएका थिए । घाइते कँडेलको उपचारका क्रममा बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ । कँडेल बिहान ७ :३० बजे बरण्डाबाट हाम फालेका थिए ।

घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आजै बिहान प्रहरीले पक्राउ गरेको थियो ।

इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलामाथि दुव्र्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

चौकीका एक प्रहरी शौच गर्न गएको समयमा अर्का प्रहरीलाई धकेलेर उनी हाम फालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित