आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघको विरोध प्रदर्शन

दैनिक नेपाल २०७६ मंसिर १ गते १५:५३

काठमाडौं, १ मंसिर ।  सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले आज काठमाडौमा विरोध प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा भेला भएर उनीहरुले भारतले नेपाली सीमा अतिक्रमणको विरोध गरेका हुन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारको नक्सामा राखेको भन्दै तत्काल सच्याउन पनि माग गरेका छन् ।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले माइतीघर मण्डला परिक्रमा गर्न खोज्दा प्रहरीसंग केही बेर झडप समेत भएको थियो ।

यसअघि, नेपाल विद्यार्थी संघले लैनचौरस्थित भारतीय दूतावास अगाडि गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित