आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

दिउँसै ९ जोडी होटलबाट आपत्तिजनक अवस्थामा पक्राउ, पक्राउ पर्नेमा सरकारी कर्मचारी पनि

दैनिक नेपाल २०७६ मंसिर १ गते १५:३२

काठमाडौं, १ मंसिर ।  बाराको सिमराबाट प्रहरीले आपत्तिजनक अवस्थामा ९ जोडीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कतिपय सरकारी कर्मचारी पनि रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

शनिबार दिउँसो जीतपुर सिमरा उपमहानगरपालिका १ सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा प्रहरीले छापा हानेको थियो ।

उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा ‘अभद्र व्यवहार’ शीर्षक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित