आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सचिन

दैनिक नेपाल २०७६ मंसिर १ गते १४:४९

काठमाडौं, १ मंसिर ।  नेपाल भ्रमणमा रहेका चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन्। आइतबार बिहान पशुपतिको दर्शन गरेका सचिन दिउँसो प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका हुन्।

संयुक्त राष्ट्र संघबाट बालअधिकार सम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा यूनिसेफ नेपालको कार्यक्रममा सहभागी हुन आएका सचिन प्रधानमन्त्रीलाई भेट गर्न पुगेका हुन्।

महान भारतीय क्रिकेटर सचिन यूनिसेफको दक्षिण एसिया क्षेत्रका सद्भावना राजदूत पनि हुन्।

४६ वर्षीय सचिन कार्यक्रममा सहभागी हुन शुक्रबार राति नेपाल आइपुगेका हुन्। प्रधानमन्त्रीसागको भेटमा प्रधानमन्त्री ओलीले सचिनले बाल अधिकारको संरक्षणको क्षेत्रमा गरेको कामको प्रशंसा गरेका छन्।

सचिनले शनिबार नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई पनि विभिन्न सुझाव दिएका थिए। सचिन आइतबार नै भारत फर्किदै छन्।

प्रतिक्रिया
सम्बन्धित