आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर श्रेष्ठमाथि छानविन शुरु

दैनिक नेपाल २०७६ मंसिर १ गते १४:२७

काठमाडौं, १ मंसिर ।  बैंकको नियमअनुसार कार्य नगरेको भन्दै आरोप लागेका नेपाल राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन शुरु भएको छ । उनीमाथि लागेको आरोप छानविन गर्न राष्ट्र बैंकले समिति गठन गरेको थियो ।

एक महिनाभित्र छानविन सम्पन्न गरेर प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको समितिले डेपुटी गभर्नर श्रेष्ठमाथि लागेका आरोप र श्रेष्ठले गरेका निर्णयको अध्ययन भइरहेको छ ।

श्रेष्ठलाई बैंकहरुको खराब कर्जा लुकाउन सहयोग गरेको, वित्तीय अनुशासन बिगारेको, एनसेलको लाभांश फिर्ताका लागि राष्ट्र बैंकबाट मद्दत गरेको जस्ता आरोप लगाइएको छ ।

मन्त्रिपरिषद्को बैठकले डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयअनुसार राष्ट्र बैंकले अनुसन्धान शुरु गरेपछि डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित